Bishnu Khatri
प्रस्तावना
अस्ट्रेलियाको सिड्नीस्थित एडमन्सन पार्क आज एक विकसित आवासीय क्षेत्रको रूपमा परिचित भए पनि यसको ऐतिहासिक जरा गहिरो सांस्कृतिक र प्राकृतिक सम्पदासँग जोडिएको छ। समयक्रमसँगै यस क्षेत्रले परम्परागत भूमि अवस्थाबाट आधुनिक शहरी संरचनासम्मको महत्वपूर्ण यात्रा तय गरेको छ।
आदिवासी सम्पदा र प्रारम्भिक अवस्था एडमन्सन पार्क क्षेत्र परम्परागत रूपमा Dharawal people (धारावाल आदिवासी समुदाय) को भूमि हो। यस क्षेत्रमा घना जङ्गल, प्राकृतिक झाडी तथा खुला मैदानहरू रहेका थिए, जसले उनीहरूको जीवनशैली, संस्कृति र परम्परालाई दीर्घकालसम्म संरक्षण गरेको थियो। यस भूमि उनीहरूको पहिचान र अस्तित्वसँग अभिन्न रूपमा जोडिएको थियो। नामकरणको इतिहास “एडमन्सन पार्क” नाम Arthur Edmonson को सम्मानमा राखिएको हो। उहाँ World War I का एक वीर अस्ट्रेलियन सैनिक हुनुहुन्थ्यो, जसले Gallipoli Campaign मा अद्वितीय साहस प्रदर्शन गर्दै आफ्नो जीवन बलिदान गर्नुभयो। उहाँलाई प्रदान गरिएको “भिक्टोरिया क्रस (VC)” उच्चतम सैनिक सम्मान हो, जसले उहाँको वीरता र समर्पणलाई अमर बनाएको छ। शहरी रूपान्तरण र पूर्वाधार विकास सन् २००० पछिको अवधिमा एडमन्सन पार्क क्षेत्रमा तीव्र शहरी रूपान्तरण (Urban Transformation) सुरु भयो। भूमि रिलिज कार्यक्रम र आवासीय परियोजनाहरूको कार्यान्वयनसँगै यस क्षेत्रमा योजनाबद्ध रूपमा सडक, रेल सेवा, विद्यालय तथा अन्य पूर्वाधारहरू विकास हुन थाले। यसले एडमन्सन पार्कलाई आधुनिक, व्यवस्थित र आकर्षक आवासीय क्षेत्रको रूपमा स्थापित गर्यो। नेपाली समुदायको आगमन र योगदान यस विकास प्रक्रियामा नेपाली समुदायको सक्रिय सहभागिता उल्लेखनीय रहेको छ। प्रारम्भिक चरणमा नेपालीहरूले जग्गा खरिद गर्न दिनौंसम्म लाइनमा बसेर अवसर सुनिश्चित गरेका थिए, Rudra Paudel and Bishnu Khatri encouraged to buy land and build houses at Edmondstion park first lot at Edmondstion park जसले उनीहरूको प्रतिबद्धता र भविष्यप्रतिको दृष्टिकोणलाई प्रष्ट पार्छ। विशेष गरी Isonzo Road,Taplin Road, Holiday avenue लगायतका क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास रहँदै आएको छ। एडमन्सन पार्कमा बसोबास गर्ने प्रारम्भिक नेपालीहरूमध्ये Raju Shrestha अग्रणी रूपमा चिनिनुहुन्छ। साथै, राज Gurung ,अनिल श्रेष्ठ, खगराज पौडेल, Bishnu Khatri, Man Bahadur Magar, Dev Prasad Shrestha,नरेश श्रेष्ठ, एकलाल श्रेष्ठ, पुष्कर थापा, रविन्द्र घिमिरे, विष्णु घिमिरे, दिपेश चिरुवाल,Rabin Neupane, Prem Shah, Ramakanta Neupane,सूर्य गौतम, बसन्त Puskal Thapa,Rabindra Ghimire , Yek Lal Shrestha ,Dipak Thapa,Megh Raj Paudel Sudip Dhakal ,Buddhi Sagar Timsina,Sahadev Bhetwal,Bikash PradhanNabin Pokhrel ,लगायतका व्यक्तित्वहरूले घरजग्गा खरिद गरी समुदाय विस्तार र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। निष्कर्ष एडमन्सन पार्क Bardia को इतिहास केवल भौगोलिक रूपान्तरणको कथा मात्र होइन, यो सांस्कृतिक निरन्तरता, वीरताको सम्मान र आप्रवासी समुदायको संघर्ष तथा योगदानको जीवित दस्तावेज हो। धारावाल आदिवासी समुदायको परम्परागत भूमि देखि आधुनिक बहुसांस्कृतिक समाजसम्मको यात्रा, यस क्षेत्रको समृद्ध इतिहास र उज्ज्वल भविष्यको संकेत हो।
© Copyright 2025 EDBNC All rights reserved.